तनहुँमा एउटै वडाका २० जनामा कोरोना संक्रमण
तनहुँ, साउन ३० : तनहुँको भानु नगरपालिका वडा नम्बर १ मा एकैदिन २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार पोखराको क्....

तनहुँ, साउन ३० : तनहुँको भानु नगरपालिका वडा नम्बर १ मा एकैदिन २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा भानु नगरपालिका वडा नम्बर १ का १४ पुरुष र ६ महिला गरी २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको गण्डी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितहरु पाँचदेखि ५६ वर्ष उमेर समूहका छन्।
संक्रमण हुनेमा भानु–१ भन्सारका वर्कसप, मासु व्यवसायी र स्थानीय व्यक्ति रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए।
उनका अनुसार गत सोमबार दुई जनामा कोरोना संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङमार्फत १२२ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको थियो। तीमध्ये ८४ जनाको रिपोर्ट आउँदा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बाँकी ३८ जनाको रिपोर्ट भने आउन बाँकी छ।











