Kathmandu Press

राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा देखियो कोरोना संक्रमण

काठमाडाैं, साउन ३० : नेपाली राष्ट्रिय फुटबल टिमका एक जना खेलाडीमा कोराना संक्रमण देखिएको छ। विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षणममा बोलाइएका एक ....

राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा देखियो कोरोना संक्रमण

काठमाडाैं, साउन ३० : नेपाली राष्ट्रिय फुटबल टिमका एक जना खेलाडीमा कोराना संक्रमण देखिएको छ। विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षणममा बोलाइएका एक खेलाडीमा संक्रमण देखिएको हो।

एन्फाले भदौ १ गतेदेखि सुरु हुने बन्द प्रशिक्षणका सुरु गर्न ३४ खेलाडीलाई बोलाएको थियो। तीसबै खेलाडीको सोमबार र मंगलबार स्वाब संकलन गरी परीक्षण गरिएको थियो। सोमबर ११ र मंगलबार २३ खेलाडीको परीक्षण गरिएको थियो। एन्फाले ३४ खेलाडीसहित कुल ५४ जनाको कोरोना परीक्षण गराइको थियो। 

मंगलबार परीक्षण गरिएका २३ मध्ये एक खेलाडीका कोरोना संक्रमण देखिएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एन्फासँग छलफल भइरहेको बताएको छ।

एएफसीले विश्वकप छनोटका खेल सन् २०२१ सम्म स्थागित गरेपछि बन्द प्रशिक्षणका लागि अएका अन्य खेलाडीहरु पनि घर फर्किएका छन्।

प्रकाशित मिति: १३:३२ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्