Kathmandu Press

नेकपाको विवाद मिलाउन कार्यदल गठन, विष्णु पौडेल संयोजक 

काठमाडौं, साउन ३० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टीको विवाद समधानका लागि कार्यदल गठन भएको छ।  विवाद समधानका लागि सुझाव पेश गर्न महासचिव विष्ण....

नेकपाको विवाद मिलाउन कार्यदल गठन, विष्णु पौडेल संयोजक 

काठमाडौं, साउन ३० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टीको विवाद समधानका लागि कार्यदल गठन भएको छ।  विवाद समधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो। 

शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा कार्यदल गठन गर्ने सहमति बनेको हो। कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन्।

केपी ओली, प्रचण्ड र माधव नेपाल समूहका दुई दुई जनाको प्रतिनिधित्व हुने गरी गठन भएको कार्यदललाई ५ दिनको समयसीमा दिइएको स्रोतले बतायो।

प्रकाशित मिति: १३:२३ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्