Kathmandu Press

लिदी पहिरो : चार घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

सिन्धुपाल्चोक, साउन ३० : सिन्धुपाल्चोकको लिदीबाट पहिलो चरणमा चार  सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ। अन्यको उद्धा....

लिदी पहिरो : चार घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

सिन्धुपाल्चोक, साउन ३० : सिन्धुपाल्चोकको लिदीबाट पहिलो चरणमा चार  सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ। अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।

पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र  चार नेपाली  सैनिक र एक इञ्जिनीयरलाई त्यसतर्फ पठाइएको छ। त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए।
 
जुगल गाउँपालिका– २ लिदीमा आज बिहान भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन्। लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयको भनाइ छ।

आज बिहान करीब साढे ६ बजेतिर गएको पहिरोमा पुरिएकामध्ये पाँच घरका मानिस सम्पर्कविहीन भएको जुगल गाउँपालिका अध्यक्ष  श्रेष्ठले जानकारी दिए। स्थानीय पेशलाल दोङका अनुसार दुई जनाको शव देखिएको छ। माथिबाट पहिरो आइरहेकाले खोज तथा उद्धारमा समस्या भएको उनले बताए।

पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन्े । स्थानीयले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन्। भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै  माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको हो।

नजीकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिराले बगाएकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले कात्तिकेबाट प्रहरी उद्धारका लागि गए पनि लामो बाटो पार गर्नुपरेकाले प्रहरी घटनास्थल पुग्न समय लाग्ने बताए। 

यही साउन २३ गते सो ठाउँका बासिन्दाले बस्ती जोखिममा परेको भनी जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएको स्थानीयआशबहादुर तामाङले बताए। ‘हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो’, उनले भने, ‘प्रशासनले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षति हुने थिएन।’

तामाङका अनुसार २६ मेगावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा विस्फोटन गर्दा जमीन हल्लिएका कारण पहिरो गएको हो। ‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका पाँच सयभन्दा बढी घरहरु जोखिममा परेको बताएका थियौं’, तामाङले भने।

प्रकाशित मिति: ११:४१ बजे, शुक्रबार, साउन ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्