कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि
विराटनगर, साउन ३० : कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार विराटनगर–१५ का ३० वर्ष....

विराटनगर, साउन ३० : कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार विराटनगर–१५ का ३० वर्षीय युवकको विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड(१९ उपचार केन्द्रमा मृत्यु भएको थियो। उनी बिहीबारबिहान अस्पताल भर्ना भएका थिए।
उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वास्प्रश्वाससम्बन्धी समस्या देखिएको थियो। बिहान अस्पताल भर्ना भएका युवकको अपराह्न ४ बजे मृत्यु भएको थियो।
आज आउको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारायण यादवले बताए। डा.यादवका अनुसार अब शव सुरक्षाकर्मीले व्यवस्थापन गर्नेछन्।
विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। त्यस्तै, योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९६ पुगेको छ।












