सिन्धुपाल्चोक भीषण पहिरो : हेलिकप्टरबाट उद्धार टोली पठाइँदै
काठमाडौं, साउन ३० : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी आज बिहान गएको भीषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट सुरक्षाकर्मीको टोली ....

काठमाडौं, साउन ३० : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी आज बिहान गएको भीषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट सुरक्षाकर्मीको टोली पठाउन लागिएको छ।
आज बिहान ६ बजे गएको पहिरोमा १३ घर पुरिएको छन्। पहिरोमा परेर १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। केही परिवार नै सम्पर्क छैनन्।
गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङका अनुसार पाँच परिवारसँग सम्पर्क हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयबाट पनि सुरक्षाकर्मीको टोलीले उद्धारका लागि पठाइएको छ।
त्यस्तै, काठमाडौंबाट नेपाली सेनाको टोली हेलिकप्टरमा पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले बताए। उनका अनुसार अब केही बेरमा सेनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गर्दै छ।
घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन। यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन्।











