सिन्धुपाल्चोकको जुगलमा पहिरो, २१ घर बगायो
सिन्धुपाल्चोक, साउन ३० : सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ ।
आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले करिब २१  ....

सिन्धुपाल्चोक, साउन ३० : सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ ।
आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले करिब २१ घर पुरेको जुगल वडा अध्यक्ष प्रताप लामाले जानकारी दिए ।
भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको बताईएको छ । उक्त स्थानमा यसअघि पनि पहिरो गएको वडा अध्यक्ष लामाले जानकारी दिए ।
पहिरोमा परी केहि वेपत्ता भएको खबर आएको भएपनि यसबारेमा बिस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: ०८:३४ बजे, शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











