Kathmandu Press

तनहुँमा २० जनासहित गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित 

काठमाडौं, साउन ३० : गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको अनुसार तनहुँमा २० जना र ....

तनहुँमा २० जनासहित गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित 

काठमाडौं, साउन ३० : गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको अनुसार तनहुँमा २० जना र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको हो । तनहुँमा संक्रमित सबैजना भानु नगरपालिकाका रहेका छन् भने स्याङजा पुतलीबजारका एक जना रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६८१ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । 

प्रकाशित मिति: ०८:१५ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्