Kathmandu Press

नारायणी अस्पतालमा मृत्यु भएका बाराका दुई जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, साउन २९ : पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाराका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

....
नारायणी अस्पतालमा मृत्यु भएका बाराका दुई जनामा कोरोना संक्रमण पुष्टि
फाइल

वीरगञ्ज, साउन २९ : पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाराका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाका–४ सिमरा टोलका ५० वर्षीय पुरुष र प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

योसँगै बारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

प्रकाशित मिति: १९:५२ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्