Kathmandu Press

​​​​​​​काभ्रेको मण्डनदेउपुर नगरपालिकाका वडा अध्यक्षलाई कोरोना संक्रमण 

काठमाडौं, साउन २९ : काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गोविन्दप्रसाद पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

धुल....

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो। घाँटी दुखेपछस उनी उपचारका लागि साउन २७ अस्पताल गएका थिए।

कोरोना संक्रमणको आशंकामा गरिएको पीसीआर परीक्षणमा बिहीबार आएको रिपोर्टमा आफूमा संक्रमण पुष्टि भएको उनले बताए। ‘घाँटी दुखेकाले कोरोनाको आशंकामा पीसीआर परीक्षण गराएको थिएँ,’ उनले काठमाडौंप्रेससँग भने, ‘ बिहीबार मलाई कोरोना लागेको अस्पतालले जानकारी दियो।’

अहिलेसम्म पनि आफूलाई घाँटी दुख्ने बाहेक अन्य कुनै लक्षण नभएको उनले बताए। सामाजिक कार्यका लागि हिँडिरहनु परेकाले आफूलाई त्यहीँबाट कोरोना संक्रमण भएको हुनसक्ने उनको अनुमान छ। 

प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्