कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
काठमाडौं, साउन २९ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्....

काठमाडौं, साउन २९ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको जानकारी दिए।
उनका अनुसार कोरोनाको संक्रमणबाट महोत्तरीको मटिहानी नगरपालिका-६ का ४५ वर्षीय पुरुष, धनुषाको मिथिला नगरपालिका-७ ढल्केबरकी ८५ वर्षीया महिला, अछाम रामारोशन गाउँपालिका-५ का १८ वर्षीय पुरुष र मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ।
प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











