थप ५२५ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, साउन २९ : नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा....

काठमाडौं, साउन २९ : नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ५२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ। संक्रमितमध्ये १६ हजार ८३७ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर १०९ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











