Kathmandu Press

सुर्खेतमा थपिए १८ जना कोरोना संक्रमित 

वीरेन्द्रनगर, साउन २९ :  सुर्खेतमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा सुर्खेतका थप १....

सुर्खेतमा थपिए १८ जना कोरोना संक्रमित 
फाइल

वीरेन्द्रनगर, साउन २९ :  सुर्खेतमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा सुर्खेतका थप १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाले जनाएको छ। महाशाखाका अनुसार संक्रमितहरु आठ जना पुरुष, ५ महिला र ५ बालक रहेका छन्। 

संक्रमण पुष्टि भएकाहरु वीरेन्द्रनगर नगरपालिका–१० का ९ जना, वीरेन्द्रनगर–१३ का ८ जना र लेकवेशी नगरपालिका–७ का एक जना रहेका छन्। यसअघि बुधबारमात्रै वीरेन्द्रनगर नगरपालिकाका १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।
 

प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, साउन २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्