Kathmandu Press

काभ्रेमा ६ प्रहरीसहित ९ जनामा कोरोना संक्रमण पुष्टि

धुलिखेल, साउन २९ : काभ्रेमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्ष....

काभ्रेमा ६ प्रहरीसहित ९ जनामा कोरोना संक्रमण पुष्टि

धुलिखेल, साउन २९ : काभ्रेमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ प्रहरीसहित ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए। 

उनका अनुसार संघीय प्रहरी इकाई जनागालका ६ जना प्रहरी, धुलिखेल अस्पतालका एक जना चिकित्सक, एक जना होटल व्यवयासी र धुलिखेल नगरपालिका–७ का एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

धुलिखेल अस्पतालका एक चिकित्सकमा कोरोना पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द गरिएको उनले जानकारी दिए।
 

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, साउन २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्