Kathmandu Press

धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीसहित नौ जनामा कोरोना

काठमाडौं, साउन २९ : काँभ्रेमा धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीसहित नौ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बिहीबार गरिएको परीक्षणमा नौ जन....

धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीसहित नौ जनामा कोरोना

काठमाडौं, साउन २९ : काँभ्रेमा धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीसहित नौ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बिहीबार गरिएको परीक्षणमा नौ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र झाले बताए। उनका अनुसार धुलिखेल अस्पतालका एक जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको हो।

त्यस्तै, संघीय प्रहरी एकाईका ६ जना प्रहरीमा पनि कोरोना स.क्रमण देखिएको छ। अन्य दुईमा जनामा एक जना होटल व्यवसायी र एक जना सर्वसाधारण रहेका छन्। उनी धुलिखेल अस्पताल बाहिर होटल सञ्चालन गरिरहेका व्यवसायी हुन्।

सर्वसाधारण भने धुलिखेल नगरपालिका–७ का बासिन्दा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झाले बताए।

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्