Kathmandu Press

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जी कोमामा

काठमाडौं, साउन २९ : भारतका पूर्व राष्ट्रपति प्रनव मुखर्जी कोमामा पुगेका छन्। 

सोमबार बिहान घरमा लडेपछि उपचारको लागि सेनाको अनुसन्धान र ....

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जी कोमामा
फाइल फोटो

काठमाडौं, साउन २९ : भारतका पूर्व राष्ट्रपति प्रनव मुखर्जी कोमामा पुगेका छन्। 

सोमबार बिहान घरमा लडेपछि उपचारको लागि सेनाको अनुसन्धान र रेफरल (आरएन्डआर) अस्पताल पुगेका मुखर्जीमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो। 
लडेको कारण टाउकोमा क्लट (रगत जमेको) देखिएपछि सोमबार नै उनको टाउकोको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उनी कोमामा गएका अस्पतालले जनाएको छ। 

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। विभिन्न सञ्चारमध्यमले गलत समाचार प्रशारण गरेको भन्दै बिहीबार उनका छोरा अभिजितले ट्वीट गर्दै मुखर्जीको स्वास्थ्य अवस्थाको बारेमा नक्कली समाचार प्रशारण नगर्न आग्रह गरेका छन्। 

उनले लेखेका छन्, ‘प्रतिष्ठित पत्रकारहरूले सोशल मिडियामा प्रशारण गरिरहेको अनुमान र नक्कली समाचारहरूले भारतमा मिडिया फेक न्यूजको कारखाना भएको कुरा प्रतिबिम्बित गर्दछ।’

साथै उनकी छोरीले पनि पूर्व राष्ट्रपति बारे अफवाह फैलन नहुने बताएकी छन्। 

सोमबार ८४ वर्षीय मुखर्जीले आफै  ट्वीट गर्दै आफू कोरोना संक्रमित रहेको जानकारी दिएका थिए।

उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति रहेका थिए।
 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, साउन २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्