Kathmandu Press

कोरोनाबाट मृत्यु : बेलायतलाई उछिन्दै भारत चौथो नम्बरमा

काठमाडौं, साउन २९ : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। कोरोनाबाट मृत्यु हुनेको सूचिमा बेलायतलाई उछिन्दै भारत चौथो नम्....

कोरोनाबाट मृत्यु : बेलायतलाई उछिन्दै भारत चौथो नम्बरमा

काठमाडौं, साउन २९ : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। कोरोनाबाट मृत्यु हुनेको सूचिमा बेलायतलाई उछिन्दै भारत चौथो नम्बरमा पुगेको छ।

बिहीबारसम्म कोरोनाबाट संसारभर सात लाख ४७ हजार चार सय ४७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमितको संख्या दुई करोड आठ लाख २० हजार तीन सय ८९ पुगेको छ।

सबैभन्दा बढी अमेरिकामा एक लाख ६९ हजार एक सय ३१ जनाको ज्यान गएको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या पनि ५३ लाख ६० हजार तीन सय ६ पुगेको छ।

त्यस्तै, कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेको देशको सूचिमा ब्राजिल दोस्रो नम्बरमा रहेको छ। ब्राजिलमा एक लाख चार हजार दुई सय ४३ पुगेको छ।

त्यस्तै, तेस्रो नम्बरमा रहेको मेम्सिकोमा ५४ हजार ६ सय ६६ जनाको मृत्यु भएको छ। मेक्सिकोमा संक्रमितको संख्या चार लाख ९८ हजार तीन सय ८० पुगेको छ।

चौथो नम्बरमा रहेको भारतमा बिहीबारसम्म ४७ हजार एक सय ६९ जनाको ज्यान गएको छ। आज बिहान मात्रै ३१ जनाको मृत्यु भएको छ। भारतमा संक्रमितको संख्या २३ लाख ९९ हजार नौ सय ९२ पुगेको छ।

धेरै मृत्यु हुने देशको सूचिमा बेलायत पाँचौ नम्बरमा रहेको छ। बेलायतमा ४१ हजार तीन सय २९ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या भने तीन लाख १३ हजार सात सय ९८ पुगेको छ।

त्यस्तै, नेपालमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ। अहिलेसम्म २४ हजार चार सय ३२ जनामा संक्रमण देखिएको छ भने १६ हजार सात सय २८ जना निको भएका छन्।

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, साउन २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्