काठमाडौं उपत्यका आवतजावतमा पूर्ण रोक
काठमाडौं, साउन २९ : गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी पास वितरण बन्द ....

काठमाडौं, साउन २९ : गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी पास वितरण बन्द गरेको छ।
कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै बिहीबारदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको थियो। प्रशासनको उक्त निर्णयपछि अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन।
पास वितरण बन्द गरिएपनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन्।
.jpg)
प्रकाशित मिति: १३:१५ बजे, बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











