विराटनगरमा २७ जनालाई कोरोना संक्रमण
विराटनगर, साउन २९ : मोरङको विराटनगर महानगरपालिकामा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणम....

विराटनगर, साउन २९ : मोरङको विराटनगर महानगरपालिकामा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार २७ जनामा कोरोना देखिउको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। उनका अनुसार कोरोना देखिएका १५ देखि ७४ वर्षसम्मका रहेका छन्।
आज संक्रमण देखिएका २७ जनामा १९ पुरुष र आठ जना महिला रहेका छन्। उनीहरु आठ वडाका बासिन्दा रहेको महानगरले जनाएको छ।
बिहीबार विराटनगर–२ का दुई जना, वडा नं. ३ का एक, वडा नं. ५ का तीन, वडा नं. ६ का दुई, वडा नंं ८ का पाँच, वडा नं. ९ का चारमा कोरोना देखिएको छ। त्यस्तै, विराटनगर वडा नं. १० का दुई, वडा नं. १२ का चार र वडा नं. १७ का चार जनामा पनि कोरोना देखिएको महाशाखा प्रमुख कार्कीले बताए।
योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या तीन सय ८२ पुगेको छ। उनीहरुमध्ये ६९ जना निको भएर घर फर्किएका छन्। त्यस्तै, कोरोनाबाट पाँच जनाको मृत्यु भएको महानगरले जनाएको छ।












