Kathmandu Press

नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, साउन २९ : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नौ दिनपछि प्रधानमन्त्....

नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता
फाइल फोटो

काठमाडौं, साउन २९ : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नौ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड  पुगेका हुन्।

साउन २० गतेपछि दुवै अध्यक्षबीच संवादविहीनता थियो। 

स्थायी कमिटी बैठकमा प्रचण्ड लगायतका वरिष्ठ नेताहरुले ओलीको प्रधानमान्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको थियो। राजीनामा नदिने अडानमा रहेका ओलीले प्रचण्डसँग बोलचालसमेत बन्द गरेका थिए।

प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजनमा अन्तर्वाता दिँदै पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने बताएको भोलिपल्ट नै दुई अध्यक्षबीच भेटवार्ता भएको हो।

प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्