Kathmandu Press

बुटवलको कोरोना विशेष असपतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, साउन २९ : बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। 

मंगलबार राति ज्यान गुमाएका ....

बुटवलको कोरोना विशेष असपतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, साउन २९ : बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। 

मंगलबार राति ज्यान गुमाएका २५ वर्षीय प्रदीप तेलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हाे। ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए।

कपिलवस्तुको कृष्णनगर नगरपालिका १२ का तेलीको भेन्टिलेटरको सहायतामा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको थियो। 

मृत्युपछि गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो। 

उनीसँगै मृत्यु भएका अर्का युवकको भने कोरोना पोजेटिभ देखिएको थियो।

प्रकाशित मिति: १२:०८ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्