Kathmandu Press

मकवानपुरका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २९ : मकवानपुरका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

मकवानपुर  जिल्ला अस्पतालका अनुसार सोमबार र मंगलबार संकलन....

मकवानपुरका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २९ : मकवानपुरका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

मकवानपुर  जिल्ला अस्पतालका अनुसार सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा थप ३७ जनामा संक्रमण पुष्ट भएको हो। 

संक्रमितमध्ये १० जना नेपाल प्रहरीका रहेका छन्, भने १८ जना हेटौंडा उपमहानगरपालिकाका छन्। 

यसैगरी भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौंका १–१ जना रहेका छन्। 

प्रकाशित मिति: ११:५६ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्