Kathmandu Press

कोरोना देखिएपछि बाँके कारागारका ४७ कैदीबन्दी स्थानान्तरण

नेपालगञ्ज, साउन २९ : कोरोना भाइरसको संक्रमण देखिएपछि बाँके कारागारका ४७ कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ।

केही दिन अघि कारागारका कै....

कोरोना देखिएपछि बाँके कारागारका ४७ कैदीबन्दी स्थानान्तरण

नेपालगञ्ज, साउन २९ : कोरोना भाइरसको संक्रमण देखिएपछि बाँके कारागारका ४७ कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ।

केही दिन अघि कारागारका कैदीबन्दीमा कोरोना संक्रमण देखिएको थियो। क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले संक्रमण फैलिन नदिन स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ।

बाँके कारागारमा रहेका महिला कैदीबन्दीलाई दैलेख र बर्दिया जिल्ला कारागारमा पठाएको हो। कारागार प्रशासनका अनुसार ३० जना महिला र एक नाबालकलाई दैलेख स्थानान्तरण गरिएको हो।

त्यस्तै,  १५ महिला र एक नाबालकलाई बर्दिया सारिएको बाँके कारागारका जेलर देवेन्द्रमान श्रेष्ठले बताए।

अहिले बाँके कारागारमा सात सय ७० पुरुष र ४५ महिला तथा दुई आश्रित नाबालक रहेका छन्। यो कारागारमा दुई सय ५० पुरुष र ५० महिला राख्ने क्षमता रहेको छ।

प्रकाशित मिति: १०:२४ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्