Kathmandu Press

कपिलवस्तुमा तीन चिकित्सकसहित १८ जनामा कोरोना

कपिलवस्तु, साउन २९ : जिल्ला अस्पताल, कपिलवस्तुमा कार्यरत तीन चिकित्सकसहित १८ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

अस्पतालका पाँच....

कपिलवस्तुमा तीन चिकित्सकसहित १८ जनामा कोरोना

कपिलवस्तु, साउन २९ : जिल्ला अस्पताल, कपिलवस्तुमा कार्यरत तीन चिकित्सकसहित १८ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

अस्पतालका पाँच जना कर्मचारीमा कोरोना देखिएपछि साउन २६ गते ९१ जना कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा तीन चिकित्सकसहित १८ जना कर्मचारीको रिपोट पोजिटिभ आएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार ९१ जनामध्ये ६० जनाको रिपोट नेगेटिभ आएको छ। अझै १३ जनाको रिपोट आउन बाँकी रहेको छ।

आज कोरोना संक्रमण देखिएका १८ जनामा ल्याब, ओपीडी, आकस्मिक र नर्सिङ कक्षका स्वास्थ्यकर्मी रहेका छन्। त्यस्तै, प्रशासन फाँटा र काउन्टका कर्मचारीमा पनि कोरोना देखिएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १०:०८ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्