Kathmandu Press

भारतमा एकैदिन ६७ हजारभन्दा बढीमा कोरोना

काठमाडौं, साउन २९ : भारतमा एकै दिन ६७ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  

पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण....

भारतमा एकैदिन ६७ हजारभन्दा बढीमा कोरोना

काठमाडौं, साउन २९ : भारतमा एकै दिन ६७ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  

पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा कुल संक्रमितको संख्या २३ लाख ९५ हजार पुगेको छ। यस्तै भारतमा एकै दिनमा ९ सय ५० जनाले ज्यान गुमाएका छन् ।

यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४७ हजार नाघेको छ । यस्तै भारतमा झण्डै १७ लाख संक्रमित निको भएका छन् । 

प्रकाशित मिति: ०७:१५ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्