Kathmandu Press

साँखुमा तीन कोरोना संक्रमित थपिए

काठमाडौं, साउन २८ : शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना....

साँखुमा तीन कोरोना संक्रमित थपिए

काठमाडौं, साउन २८ : शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो।

वडा नं ९ मा एकै परिवारका आमा र छोराको पीसीआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए।  

संक्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । त्यसै शङ्खरापुर– ७ नगरपालिका भवन नजीकै एक जना संक्रमित भएको पुष्टि भएको छ। बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए। बारामा पीसीआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ। 

प्रकाशित मिति: १८:५१ बजे, बुधबार, साउन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्