Kathmandu Press

प्रचण्डकाे सचिवालयका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।....

प्रचण्डकाे सचिवालयका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

चालकको रूपमा कार्यरत सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको हो। संक्रमित प्रहरीलाई सशस्त्र प्रहरीकै आइसोलेसनमा राखिएको छ।

प्रचण्डका सवारी चालकसँगै हिँड्ने गरेका व्यक्तिमा संक्रमण पुष्टि भएपछि प्रचण्डका चालक पनि आइसोलेसनमा बसेका छन्।

यसअघि प्रचण्डको सुरक्षामा खटिएका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रहरीमा संक्रमण पुष्टि भएसँगै प्रचण्डले सबै भेटघाटका कार्यक्रम स्थगित गरेका स्रोतले जनाएको छ।

प्रकाशित मिति: १७:४४ बजे, बुधबार, साउन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्