काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन २८ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार गरिएको परीक्षणमा काठम....

काठमाडौं, साउन २८ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
टेकु राष्ट्रिय प्रयोगशालामा गरिएकाे परीक्षणमा काठमाडौंका १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक र काठमाडौंका २९ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी, पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरमा एक, काठमाडौंका ११ र ललितपुरका १४ जनामा संक्रमण पुष्टि भएको छ।
वीर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरमा दुई र काठमाडौंका दुई जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एक, काठमाडौंका ११ र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा भक्तपुरका एक, काठमाडौंका २२ र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको छ।
स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा भक्तपुरका एक, काठमाडौंका ९ र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको छ।
बिध ल्याबमा गरिएको परीक्षणमा काठमाडौंमा पाँच र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक र काठमाडौंका आठ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, वीरेन्द्र अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ। संक्रमितमध्ये १६ हजार ७२८ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर ६४ जना घर फर्किएका छन्।











