Kathmandu Press

यस वर्षको इन्द्रजात्रामा भीडभाड रोकिने जिल्ला प्रशासन कार्यालयकाे निर्णय

काठमाडौं, साउन २८ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको इन्द्रजात्रामा हुने भीडभाड नगर्ने निर्णय गरेको छ। 

कार्यालयमा मंगलबार ....

यस वर्षको इन्द्रजात्रामा भीडभाड रोकिने जिल्ला प्रशासन कार्यालयकाे निर्णय

काठमाडौं, साउन २८ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको इन्द्रजात्रामा हुने भीडभाड नगर्ने निर्णय गरेको छ। 

कार्यालयमा मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले इन्द्रजात्रा, हरितालिकालगायत चाडपर्वमा हुने सबै किसिमका भीडभाड नगर्न सरोकार भएका सबै निकायलाई आह्वान गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

बाहिर हुने भीडभाडका कार्यक्रम रोकिए पनि घरभित्र हुने जात्राका विधि भने गर्न सकिने उनले बताए। काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले मठमन्दिरलगायत जात्रापर्वका भीडभाड रोक्ने निर्णय गरेको हो।

इन्द्रजात्रा चलाउँदै आएको गुठी संस्थान जिल्ला शाखा काठमाडौंका प्रमुख हरिप्रसाद सुवेदी पनि जात्रा गर्ने वातावरण यस वर्ष नभएको बताए। जिल्ला प्रशासन कार्यालयको निर्णय प्राप्त भएपछि विधि भने पूरा गर्ने गरी काम गरिने उनको भनाइ छ।

यस वर्ष इन्द्रजात्राको लिङ्गो गाड्ने साइत आगामी भदौ १४ गते बिहान ७ बजेर ०७ मिनेटमा र जात्राको मुख्य दिन भदौ १६ गते तोकिएको छ। 

प्रकाशित मिति: १५:४८ बजे, बुधबार, साउन २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्