Kathmandu Press

छिमेकीको अतिक्रमणकारी नीतिले सीमा समस्या उत्पन्न : गृहमन्त्री थापा

काठमाडौं, साउन २८ : गृहमन्त्री रामबहादुर थापाले छिमेकीको अतिक्रमणकारी नीति र चिन्तनले सीमा समस्या निम्त्याएको बताएका छन्। 

राज्य व्यवस्....

छिमेकीको अतिक्रमणकारी नीतिले सीमा समस्या उत्पन्न : गृहमन्त्री थापा

काठमाडौं, साउन २८ : गृहमन्त्री रामबहादुर थापाले छिमेकीको अतिक्रमणकारी नीति र चिन्तनले सीमा समस्या निम्त्याएको बताएका छन्। 

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले भने, ‘हाम्र‍ो छिमेकीको अतिक्रमणकारी चिन्तन छ। पिल्लर उखेलेर फाल्ने गर्छन्। उनीहरूको यस्तो नीतिमा ध्यान दिन जरुरी छ।’

साथै, स्ट्रिप नक्सा बनाउँदा दुई देशको भूमि यताउता परेकोले यसको समाधान कूटनीतिक तवरबाट गर्नुपर्ने उनको भनाई थियो।

 ‘उनीहरूको भूमि हाम्रोतिर आएको छ, हाम्रो भूमि उनीहरूकोतिर गएको छ,’ उनले भने,  ‘यसको कूटनीतिक रूपमा समाधान खोजिनुपर्छ।’

प्रकाशित मिति: १५:३५ बजे, बुधबार, साउन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्