Kathmandu Press

सुशील कोइरालाको स्मृतीमा तरुण दलले बाँड्यो स्वास्थ्य सामाग्री 

काठमाडौं, साउन २८ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामाग्री वितरण गरेको छ। पूर्वप्रधानमन्त्री दिवंगत सुशील कोइरालाको ८१औं ज....

सुशील कोइरालाको स्मृतीमा तरुण दलले बाँड्यो स्वास्थ्य सामाग्री 

काठमाडौं, साउन २८ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामाग्री वितरण गरेको छ। पूर्वप्रधानमन्त्री दिवंगत सुशील कोइरालाको ८१औं जन्मजयन्तीका अवसरमा तरुण दलले वृद्धवृद्धालाई फलफूल र स्वास्थ्य सामग्री वितरण गरेको हो।

तरुण दलले बुधबार बिहान कोइरालाको जन्मजयन्तीको अवसरमा कालीमाटीमा रहेको वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी (आमा घर)मा फलफूल र स्वास्थ्य सामग्री वितरण गरेको थियो। 

फलफूल तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्‍नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान् गुरुङलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: १५:३० बजे, बुधबार, साउन २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्