किष्ट अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं, साउन २८ : ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ।
कैलाली घर भएका ७७ वर्षीय पुरुषको उप....

काठमाडौं, साउन २८ : ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ।
कैलाली घर भएका ७७ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएकाे छ।
दम तथा मुटुका रोगी रहेका उनलाई २६ गते राति त्रिवी शिक्षण अस्पतालले किष्ट अस्पताल रेफर गरेको थियो।
अस्पतालमा मंगलबार राति पनि काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्युपछि स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।
प्रकाशित मिति: १४:३८ बजे, बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











