दुई दिनदेखि बेपत्ता कान्तिपुरका वरिष्ठ पत्रकार बानियाँको शव फेला
काठमाडौं, साउन २८ : दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव भेटिएको छ।
महानगरीय अपराध म....

काठमाडौं, साउन २८ : दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव भेटिएको छ।
महानगरीय अपराध महाशाखाका अनुसार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित वागमती किनारमा फेला परेको हो।
उनको शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ।
सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका बानियाँ पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार चार बजे देखापरेको प्रहरीले जनाएको छ।
बानियाँ सुरुवाती दिनदेखि नै कान्तिपुर पत्रिकासँग आबद्ध थिए।
प्रकाशित मिति: १४:१३ बजे, बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार