Kathmandu Press

कांग्रेस प्रवक्ताको प्रश्न : मृत्युपछि आएको रिपोर्ट सजाएर सिंहदरबारमा राख्ने कि धुम्बाराही?

काठमाडौं, साउन २८ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्ताद्वन्द्वमा रहेका प्रधानमन्त्री र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्....

कांग्रेस प्रवक्ताको प्रश्न : मृत्युपछि आएको रिपोर्ट सजाएर सिंहदरबारमा राख्ने कि धुम्बाराही?

काठमाडौं, साउन २८ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्ताद्वन्द्वमा रहेका प्रधानमन्त्री र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन्।

उनले बुधबार ट्वीट गर्दै वीरगञ्जमा समयमा उपचार नपाएर मृत्यु भएका बालकको चित्कारले हामीलाई पोल्नु पर्दैन? भन्ने प्रश्न गरेका हुन्।

उनले प्रधानमन्त्री ओली र प्रचण्डलाई मेन्सन गर्दै लेखेका छन्, नौ वर्षका बालकको मृत्युपछि आएको कोरोना नेगेटिभ रिपोर्ट फ्रेममा सजाएर सिंहदरबारमा राख्ने कि धुम्बाराही?

‘माफ गर बाबु तिम्रो मृत्यु झाडापखलाले होइन हाम्रो अकर्मण्यताले भएको हो,’ शर्माले भनेका छन्।

बाराको बारागढीका बालक सुशील साहमा कोरोना भाइरसको संक्रमणको आशंका गरेको अस्पतालले उपचार गर्न नमानेपछि मंगलबार मृत्यु भएको थियो।

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, साउन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्