Kathmandu Press

प्रदेश १ की सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २८ : प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानमा गरिएको पर....

प्रदेश १ की सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २८ : प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानमा गरिएको परीक्षणमा श्रेष्ठलाई बुधबार संक्रमण पुष्टि भएको हो। 

इटहरीमा बस्दै आएकी श्रेष्ठले स्वास्थ्यमा समस्या देखिएपछि शनिबार स्वाब परीक्षणको लागि दिएकी थिइन्। बुधबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। 

यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रदेश १ मा कुल एक हजार पाँच सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १२:३१ बजे, बुधबार, साउन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्