Kathmandu Press

धरान अस्पतालमा कोरोनाबाट एक जनाको मृत्यु

धरान, साउन २८ : कोरोना भाइरसको संक्रमणबाट धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको छ।

मोरङको बुढीगंगा गाउँपाल....

धरान अस्पतालमा कोरोनाबाट एक जनाको मृत्यु

धरान, साउन २८ : कोरोना भाइरसको संक्रमणबाट धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको छ।

मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार बुधबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको हो।

ज्वरोसँगै श्वासप्रश्वासमा समस्या भएपछि उनी साउन २६ गते विराटनगरस्थित कोशी अस्पताल भर्ना भएका थिए। त्यहाँ उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो।

उनी त्यही दिन प्रतिष्ठानमा भर्ना भएको प्रवक्ता डा.सापकोटाले बताए। उनलाई श्वास फर्ने समस्या भइरहेको थियो।

कोरोनाका लक्षण देखिएको भएपनि अन्य समस्यामा नभएको परिवारजनले बताएका छन्। प्रतिष्ठानले पनि उनलाई अन्य रोग भएको बारेमा जानकारी नभएको जनाएको छ।

 

प्रकाशित मिति: ११:५३ बजे, बुधबार, साउन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्