Kathmandu Press

सुर्खेतका थप १९ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, साउन २८ : सुर्खेतको वीरेन्द्रनगरमा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रो....

सुर्खेतका थप १९ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, साउन २८ : सुर्खेतको वीरेन्द्रनगरमा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

संक्रमण पुष्टि भएका मध्ये आठ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका मानिसहरु रहेका छन्। त्यस्तै, ६ जना कन्ट्याक्ट ट्रेसिङको आधारमा र ५ जना समुदाय स्तरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति: ११:४४ बजे, बुधबार, साउन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्