किस्ट अस्पतालमा कोरोना संक्रमणबाट बृद्धाको मृत्यु
काठमाडौं, साउन २८ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरको किस्ट मेडिकल कलेजमा एक बृद्धाको मृत्यु भएको छ।
किस्ट अस्पतालमा उपचार रात काठमाडौंको ....

काठमाडौं, साउन २८ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरको किस्ट मेडिकल कलेजमा एक बृद्धाको मृत्यु भएको छ।
किस्ट अस्पतालमा उपचार रात काठमाडौंको टेकुकी ७८ वर्षीया बृद्धाको गएराति मृत्यु भएको हो। आज बिहान आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले बताए।
उनी बिसन्चो भएपछि पाटन अस्पताल भर्ना भएकी थिइन्। त्यहाँबाट रिफर गरेर साउन २६ गते किस्ट अस्पताल भर्ना गरिएको थियो। उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो।
अस्पतालका चिफ अपरेटिङ अफिसर पाठकका अनुसार उपचारका क्रममै गएराति १ बजे मृत्यु भएको हो। उनलाई उनमा ज्वरो आएको थियो भने झाडापखाला पनि लागेको थियो।
आजै बिहान ललितपुरको पाटन अस्पतालमा पनि एक युवतीको कोरोनाबाट मृत्यु भएको थियो। जनकपुरकी ३८ वर्षीया युवती साउन १८ अस्पताल भर्ना भएकी थिइन्। उनको पनि आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको हो।











