Kathmandu Press

जनकपुरका पूर्वमेयरको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, साउन २८ : धुनषाको जनकपुरका पूर्वमेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

पूर्वमेयर गिरीको गएराति का....

जनकपुरका पूर्वमेयरको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, साउन २८ : धुनषाको जनकपुरका पूर्वमेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

पूर्वमेयर गिरीको गएराति काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। उनको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको परिवारजनले बताएका छन्।

जनकपुरधाममा होटेल रामा सञ्चालन गरिरहेका उनलाई कोरोना संक्रमण भएपछि १५ दिन अघि काठमाडौं ल्याइएको थियो। ७३ वर्षीय गिरी मुटु रोगबाट पीडित थिए। उनलाई एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

नेपाली कांग्रेसका महासमिति सदस्य गिरी २०४२ सालमा जनकपुरको मेयर बनेका थिए। उनका श्रीमती र दुई छोरा छन्।

प्रकाशित मिति: १०:४३ बजे, बुधबार, साउन २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्