Kathmandu Press

आज पनि देशका अधिकाशं क्षेत्रमा पानी पर्ने सम्भावना 

काठमाडौं, साउन २८ : आज देशका अधिकांश भूभागमा समान्यदेखि पूर्ण बदली रही सबै प्रदेशहरूका थोरै-थोरै स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ।

आज पनि देशका अधिकाशं क्षेत्रमा पानी पर्ने सम्भावना 

काठमाडौं, साउन २८ : आज देशका अधिकांश भूभागमा समान्यदेखि पूर्ण बदली रही सबै प्रदेशहरूका थोरै-थोरै स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ।

आगामी २४ घण्टा देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको अनुमान गरिएको छ । बागमती, प्रदेश ५ , गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू साथै प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका १/२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले उक्त स्थानहरू भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।

यस्तै भोलि र पर्सि दुई दिन पनि प्रायः सबै प्रदेशमा पानी पर्ने महाशाखाको अनुमान रहेको छ।

प्रकाशित मिति: ०६:५१ बजे, बुधबार, साउन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्