Kathmandu Press

नागरिकता ऐन संशोधनबारे सर्वोच्चको कारण देखाउ आदेश

काठमाडाैं, साउन २७ : सर्वोच्च अदालतले नागरिकता ऐन संशोधनबारे कारण देखाउ आदेश जारी गरेको छ। 

संविधान जारी भएको ५ वर्ष बितिसक्दा पनि संवि....

नागरिकता ऐन संशोधनबारे सर्वोच्चको कारण देखाउ आदेश
फाइल

काठमाडाैं, साउन २७ : सर्वोच्च अदालतले नागरिकता ऐन संशोधनबारे कारण देखाउ आदेश जारी गरेको छ। 

संविधान जारी भएको ५ वर्ष बितिसक्दा पनि संविधानको भावना र मर्मअनुरुप ऐन संशोधन हुन नसकेको भन्दै महिला, कानून र विकास मञ्चले दायर गरेको रिटमाथि  सुनुवाइ गर्दै सर्वोच्चले नागरिकता ऐन संशोधनबारे विपक्षीका नाममा अग्राधिकारसहितको कारण देखाउ आदेश जारी गरेको हो।

मञ्चले ऐनमा आवश्यक संशोधन गरी नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयक तुरुन्त पारित गर्न माग गर्दै लागि सर्वोच्च अदालतमा परमादेश माग गर्दै रिट दायर गरेको थियो। नागरिकता प्रमाणपत्र राष्ट्रले व्यक्तिको अस्तित्वलाई पुष्टि गर्दै प्रदान गरिने कानूनी पहिचानको दस्तावेज हो। जसले व्यक्ति र उक्त राष्ट्रबीचको कानुनी सम्बन्ध स्थापना गर्ने दस्तावेज मात्र नभई अन्य धेरै मुलभूत मानव अधिकार प्राप्त गर्नका लागि आवश्यक आधारशीला नै हो।

नेपालको संविधानको धारा १ काे (१) ले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने कुराको सुनिश्चितता गरेको छ।

प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्