Kathmandu Press

कांग्रेसलाई युवाको पार्टी बनाउनुपर्छ : महामन्त्री कोइराला

काठमाडाैं,  साउन २७ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका छन्। 

मंगलबार आ....

कांग्रेसलाई युवाको पार्टी बनाउनुपर्छ : महामन्त्री कोइराला
फाइल

काठमाडाैं,  साउन २७ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका छन्। 

मंगलबार आफ्नै निवास महाराजगञ्जमा आयोजित ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले कांग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका हुन्। “कांग्रेसमा युवा प्रवेश गरेर पार्टीमा नयाँ ऊर्जा थपिएको छ। यो ऊर्जालाई खेर जान दिनु हुँदैन,'उनले भने।

मुलुकलाई राजनीतिक, आर्थिक र विकासको दृष्टिकोणले सक्षम बनाउन कांग्रेसको विजयी आवश्यक रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा अविश्वास जागेको बताए।  उनले अन्याय र अत्याचारविरुद्ध युवाले आवाज उठाउनुपर्ने बेला आएको पनि बताए।  

कार्यक्रममा रामेछाप दोरम्बा गाउँका करिब तीन दर्जन युवा विभिन्न पार्टी छोडेर कांग्रेसमा प्रवेश गरेका थिए।

प्रकाशित मिति: १८:२९ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्