अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण
काठमाडौं, साउन २७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेलाई कोरोना संक्रमण भएको छ।
आइतबार गरिएको स्वा....

काठमाडौं, साउन २७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेलाई कोरोना संक्रमण भएको छ।
आइतबार गरिएको स्वाब परीक्षणको मंगलबार आएको रिपोर्टमा अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको हो।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले भने गत आइतबार आफूसहित ३ सय ८० जनाको कोरोना परीक्षण गरिएको बताए। उनले आफ्नो भने रिपोर्ट नेगेटिभ आएको र अन्यको आउने क्रम रहेको बताए।
यसअघि अख्तियारकै ३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार