Kathmandu Press

वीरगञ्ज चिनी कारखाना मन्त्री यादवको छड्के

पर्सा, चैत १२: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको स्थलगत अनुगमन तथा....

वीरगञ्ज चिनी कारखाना मन्त्री यादवको छड्के
डेढ दशकदेखि बन्द रहेको वीरगन्जको चिनी कारखानाको मंगलबार स्थलगत अनुगमन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलगायतका अधिकारी। तस्वीरः विजय कुमार महतो/रासस

पर्सा, चैत १२: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। 

मंगलबार कारखानाको निरीक्षणपछि मन्त्री यादवले उपयोगविहीन अस्थामा रहेका कारखानाका उपकरणहरु जीर्ण हुँदै गएकोेप्रति चिन्ता व्यक्त गर्दै यसको सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिए।  मन्त्री यादवले पर्सा जिल्ला अदालत र उच्च अदालतको अस्थायी इजलासका लागि भवनलगायतका पूर्वाधार एकै स्थानमा निर्माण गर्दा न्यायसम्पादन प्रभावकारी हुने भएकाले त्यसकै लागि आफूसहित सर्वोच्च अदालतका न्यायाधीशकोे टोली जग्गा हेर्न आएको बताए।

Hardik ivf

अहिले कारखाना परिसरमा उच्च अदालत जनकपुरकोे अस्थायी इजलास सञ्चालनमा रहेका छन्। चिनी कारखानाको स्वामित्व रहेका जग्गामध्ये कित्ता नम्बर ११३१ मा रहेको दश बिघा जग्गा अदालतको पूर्वाधार निर्माणका लागि उपयुक्त हुने नहुनेबारे काठमाडौं फर्केपछि यस विषयमा थप छलफल गर्ने उनले जानकारी दिए। 

टोलीमा मन्त्री यादवसहित सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, उच्च अदालत अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायत रहेका छन्। 

प्रकाशित मिति: १६:०० बजे, मंगलबार, चैत १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्