कोरोना भाइरसको खाेप बनाएकाे रुसी राष्ट्रपतिको दाबी, आफ्नै छोरीमाथि परीक्षण
काठमाडौं, साउन २७ : रुसले कोरोना भाइरसविरुद्धको खोप बनाएको दाबी गरेको छ। मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्धको खोप बनाएको दाबी गर....

काठमाडौं, साउन २७ : रुसले कोरोना भाइरसविरुद्धको खोप बनाएको दाबी गरेको छ। मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्धको खोप बनाएको दाबी गरेका हुन।
कोरोनाको खोपको परीक्षण राष्ट्रपति पुटिनको छोरीमा गरिएको छ। मंगलबार रुसको सरकारी टेलिभिजनमा उपस्थित हुँदै राष्ट्रपति पुटिनले भने 'म विश्वस्त छु- यसले प्रभावकारी रूपमै काम गर्छ, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र म दोहोर्याउँछु, यसमा आवश्यक रहेका सम्पूर्ण जाँच पास गरिएको छ।'
उनले आफ्नो राष्ट्रले छिट्टै धेरैभन्दा धेरै खोप उत्पादन गर्न थाल्नेसमेत बताएका छन्।
रुसी स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाएपछि धेरै मानिसहरुमा खोप लगाइने पुटिनले बताए। उनका अनुसार स्वीकृती पाउने बित्तिकै सुरूमा रूसी स्वास्थ्यकर्मीहरूलाई खोप लिने अवसर दिइनेछ। कोरोना भाइरसको एक सयभन्दा बढी खोपहरू बनेका छन्। विश्व स्वास्थ्य संगठनले चारवटा खोपको परीक्षण अन्तिम चरणमा पुर्याएको छ।











