Kathmandu Press

देशभरका एक सय ८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं, साउन २७ : नेपालमा हालसम्म एक सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्र....

देशभरका एक सय ८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
प्रतिकात्मक तस्बिर

काठमाडौं, साउन २७ : नेपालमा हालसम्म एक सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार सबै भन्दा बढी प्रदेश २ का स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हाे। सो प्रदेशमा हालसम्म ७८ जनामा संक्रमण देखिएको छ। 

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा २७, कर्णाली प्रदेशमा २२, गण्डकी प्रदेशमा २०, वागमती प्रदेशमा १६, प्रदेश ५ मा १२ र प्रदेश १ मा ८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। 

नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ। संक्रमितमध्ये १६ हजार ६६४ जना निको भएर घर फर्किएका छन्, भने मृत्यु हुनेको संख्या ८३ पुगेको छ। 

प्रकाशित मिति: १७:३० बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्