Kathmandu Press

महानगरबाट अनुदान प्राप्त पीसीआर मेसिनले कोरोना परीक्षण थाल्दै प्रसूतिगृह

काठमाडौं, साउन २७ : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त ग....

महानगरबाट अनुदान प्राप्त पीसीआर मेसिनले कोरोना परीक्षण थाल्दै प्रसूतिगृह

काठमाडौं, साउन २७ : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने भएका छन्। 

कोभिड–१९ परीक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको मंगलबार उद्घाटन भएसँगै उनीहरुले यस्तो सेवा प्राप्त गर्ने भएका हुन्। 

उक्त अस्पतालको ६१ औं वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ल्याबको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। 

महानगरले साउन ४ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई पीसीआर मेसिनसहित कोभिड–१९ का लागि अत्यावश्यक केही स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो। अस्पताललाई हस्तान्तरण गरिएको सो मेसिन महानगरसँग भगिनी सम्वन्ध स्थापित गरेको चीनको ल्हासा नगरले अनुदान स्वरुप दिएको हो। सोही मेसिनसहित पीसीआर ल्याबको आज मन्त्री ढकाल र मेयर शाक्यले संयुक्त रुपमा उद्घाटन गरे।
 
कार्यक्रममा बोल्दै मन्त्री ढकालले प्रसूति सेवाका लागि विशिष्ठ योगदान दिदैँ आएको उक्त अस्पतालको स्तरोन्नतीका लागि सरकार थप सहयोग गर्न तयार रहेको बताए।
  
प्रमुख शाक्यले विगतका दिनमा पनि महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको स्मरण गराए। महानगरपालिकाले अस्पताललाई पीसीआर मेसिन एक थानसहित, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पीपीइ ५ सय थान हस्तान्तरण गरेको थियो।  

प्रसुती गृहलाई हस्तान्तरण गरेको पीसीआर मेसिनको मूल्य चार लाख ४० हजार युआन रहेको छ। महानगरले वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट तीन हजार थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) ५ सय थान हस्तान्तरण गरेको थियो।

वीर अस्पताललाई हस्तान्तरण गरेको स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिनको मूल्य १ लाख युआन रहेको महानगरले जानकारी दिएको छ।  १४ लाख ९९ हजार ३ सय ७५ चिनियाँ युआन अर्थात करीब २ करोड ५७ लाख २९ हजार २७५ रुपैयाँ बराबरका ती स्वस्थ्य सामाग्री साउन ४ गते हस्तान्तरण गरेको थियो।

प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, साउन २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्