Kathmandu Press

होटलमा बसेर खान नपाइने, 'टेक अ वे' मात्रै 

काठमाडौं, साउन २७ : काेराेना संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै सरकारले होटलमा बसेर खान रोक लगाएको छ।

साउन ६ देखि होटलमा बसेर खान दिने व्यवस....

होटलमा बसेर खान नपाइने, 'टेक अ वे' मात्रै 

काठमाडौं, साउन २७ : काेराेना संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै सरकारले होटलमा बसेर खान रोक लगाएको छ।

साउन ६ देखि होटलमा बसेर खान दिने व्यवस्था गरेको सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने व्यवस्था पुनः लागू गरेको हो। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ मात्रै लागू हुने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए।

होटल, रेस्टुरेन्टले स्वास्थ्य सुरक्षाका आवश्यक उपाय नअपनाएको भन्दै यस्तो निर्णय गर्नुपरेको उनले बताए। भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको सुरक्षा मापदण्ड अपनाएकाे भदौ १ बाट सञ्चालन गर्ने भनिएको लामो दूरीका सवारी साधन सञ्चालन भदौ १६ लाई सार्ने निर्णय भएको छ।

यस्तै, २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा सरकारी तथा गैरसरकारी, बैंक तथा वित्तिय संस्थाले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र ५० प्रतिशत कर्मचारी मात्रै कार्यालय आएर काम गर्ने वातावरण मिलाउनुपर्ने निर्णय बैठकले गरेको छ। भर्चुअल माध्यमबाट सम्भव नहुने कार्यालय वा काम अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय सरकराले गरेको छ। 

यस्तै, अत्यावश्यक बाहेक कुनै पनि बैठक, भेला जस्ता कार्यक्रममा रोक लगाउने निर्णय समेत बैठकले गरेको छ। यस्तै, सरकारले चाडपर्व घरभित्रै रहेर मनाउन समेत आग्रह गरेको छ।

प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्