यी हुन् भारतबाट नेपाल प्रवेश गर्न सरकारले तोकेका १० नाका
काठमाडौं साउन २७ : सरकारले स्थलमार्गबाट स्वदेश फर्कन चाहने नागरिकलाई १० वटा मार्गबाट मात्रै प्रवेश गराउने भएको छ।
मन्त्रिपरिषद्को बैठकले जेठ....

काठमाडौं साउन २७ : सरकारले स्थलमार्गबाट स्वदेश फर्कन चाहने नागरिकलाई १० वटा मार्गबाट मात्रै प्रवेश गराउने भएको छ।
मन्त्रिपरिषद्को बैठकले जेठ १२ गतेको आफ्नो निर्णय संशोधन गर्दै १० वटा नाकाबाट मात्रै स्वदेश प्रवेश गराउने निर्णय गरेको सरकार प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए।
सरकारले यसअघि २० वटा सीमानाकाबाट नागरिकलाई प्रवेश गराएको थियो। सरकारको निर्णय अनुसार अब झापाको काँकडभिट्टा, मोरङको रानी, सिराहाको माडर, रौतहटको गौर, पर्साको विरगंज रुपन्देहीको बेलरिया, बाँकको जमुना, कैलालीको गौरिफन्टा, कपिलवस्तुको कृष्णनगर र कञ्चनपुरको गट्टाचौकीबाट मात्रै प्रवेश दिइने मन्त्री खतिवडाले जानकारी दिए।











