Kathmandu Press

भट्टको नियुक्ति कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं, साउन २७ : उच्च अदालत पाटन लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

भट्टको नियुक्ति कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं, साउन २७ : उच्च अदालत पाटन लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

अधिवक्ता जयबहादुर भुजेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले भट्टलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो।

अदालतले यो मुद्दा सार्वजनिक सरोकारको विषय भएकाले एमिकस क्युरी गठन गर्न उच्च अदालत बार एसोसिएसनलाई भनेको छ। गत १९ साउनमा मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको थियो।

अधिवक्ता भुजेलले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकको नर्णय कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेशको माग गर्दै सोमबार उच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्